बेलायती सरकारले भिसामा नयाँ कडा नियमहरू लागू गर्ने भएको छ। बेलायतले आफ्नो देश आउने आप्रवासीहरूका लागि केही नयाँ नियमहरू लागु गर्ने बताएको छ।
केही आप्रवासीहरूले देशमा प्रवेश पाउनका लागि अंग्रेजी भाषामा ‘ए-लेभल’ (उच्च माध्यमिक तह) को दक्षता अनिवार्य हुने बीबीसीमा समाचार छ। यो नियम ८ जनवरी २०२६ देखि लागू हुनेछ। यसले केही स्नातक आवेदकहरू र ‘दक्ष कामदार’ वा ‘स्केल-अप’ भिसाका लागि आवेदन दिनेहरूलाई असर पर्ने जनाइएको छ।
सरकारले नयाँ नियमहरू लागू गरेर बेलायतमा आप्रवासन घटाउने व्यापक योजनाकै एक अंश भएको बताएको छ। यो नियम मे महिनामा जारी गरिएको श्वेतपत्रमा उल्लेख गरिएको छ।
‘यदि तपाईं बेलायतमा आउनुभयो भने तपाईंले हाम्रो भाषा सिक्नुपर्छ र समाजमा योगदान दिनुपर्छ,’ गृहमन्त्री शबाना महमूदले भनेकी छन्।
‘यस देशले यहाँ आउने र योगदान गर्नेहरूलाई सधैं स्वागत गरेको छ। तर, आप्रवासीहरू हाम्रो भाषा नसिकिकन यहाँ आउनु र हाम्रो राष्ट्रिय जीवनमा योगदान दिन असमर्थ हुनु स्वीकार्य छैन्,’उनले भनेकी छन्।