लन्डन । गुरुङ लम परिवार यूकेको बैठक सम्पन्न भएको छ । १० जनवरीमा भएको बैठकमा अध्यक्ष रामचन्द्र गुरुङले मनोनीत भएका सल्लाहकारहरूलाई खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।
बैठकमा सचिव दलबहादुर गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए । उपाध्यक्ष युनिल पूर्णचन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा संस्थामा आबद्ध भएका संघसंस्थाहरूमा अध्यक्ष भएकाहरूलाई पनि स्वागत र सम्मान गरिएको थियो ।
बैठकले बिनु गुरुङको नेतृत्वमा ‘छोरी चेली’को पनि कार्य समिति गठन गरेको थियो । साथै विधान मस्यौदा समिति संयोजक सुमल कुमार गुरुङले विधानको मस्यौदा प्रस्तुत गरेका थिए ।
विधान मस्यौदा समितिमा सुमल कुमार गुरुङ, एकेन्द्र गुरुङ, टीका गुरुङ र गणेश गुरुङ रहेका थिए । रामचन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सर्विन्द्र कुमार गुरुङले सञ्चालन गरेका थिए ।