लन्डन । नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।
ज्येष्ठ तथा अशक्त नेपाली नागरिकहरुलाई लक्षित गरी राहदानी तथा कन्सुलर सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरिन लागेको दूतावासले सूचनामार्फत जनाएको छ ।
शिविर आइतबार २८ जुनमा बुकहर्स्ट कम्युनिटी सेन्टर स्वीन्डनमा हुनेछ । घुम्ती सेवाबारे थप जानकारी आवश्यक परेमा ज्ञानबहादुर गुरुङलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।