बालुवाटारमा सुरु भयो कांग्रेस मिलाउने वार्ता

  • प्रकाशित मिति : २०८२ पुष २९, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको विवाद मिलाउने प्रयासस्वरुप दुई पक्षीय वार्ता सुरु भएको छ । राजधानीको बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिचको वार्ता टोलीबिच दोस्रो चरणको वार्ता सुरु भएको हो ।

यसअघि आजै बिहान पनि वार्ता भएको थियो । तर, सो बैठकमा आ–आफ्नो कुरा राख्नेबाहेक ठोस प्रगति हुन सकेको थिएन । दोस्रो चरणको छलफलमा सहमति जुटाउन प्रयास हुने नेताहरूको भनाइ छ ।



कांग्रेसको देउवा समूहको असहयोगका बिच आइतबारदेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वान विशेष महाधिवेशन भइरहेको छ । उक्त महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्न लागेपछि पार्टी विभाजनबाट जोगाउने प्रयासस्वरुप वार्ता भइरहेको हो।