कांग्रेस विशेष महाधिवेशन : उपसभापतिमा ४ जना दाबेदार, विश्व छाड्न तयार

  • प्रकाशित मिति : २०८२ पुष ३०, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनका क्रममा उपसभापतिमा आवश्यक भन्दा बढी दावेदारी परेपछि घोषणामा केही ढिलाइ भएको छ ।

पार्टीको उपसभापतिका लागि अहिले फरमुल्ला मन्सुर, पुष्पा भुसाल, विश्वप्रकाश शर्मा, ओमकार प्रसाद श्रेष्ठको दाबी रहेको छ ।



शर्मालाई सहभागी प्रतिनिधिहरूले उपसभापति बन्न आग्रह गरिरहेका छन् । तर उनले भने आफू साधारण सदस्य रहेर बस्ने भन्दै आएका छन् ।

शर्मा नबन्ने अवस्थामा पुष्पा र मन्सुर उपसभापति बन्ने सम्भावना बढी देखिन्छ ।