राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शनमा पुगेका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर-५ मा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा रहेका साह चुनावी प्रचारप्रसारकै सिलसिलामा समर्थक तथा पार्टी कार्यकर्तासँग इलाम र पाँचथर हुँदै पाथीभरा पुगेका हुन् ।
बालेनको पाथीभरा दर्शनलाई चुनावी रणनीतिको एक अङ्गका रूपमा हेरिँदै आएको छ । राजनीतिक वृत्तमा यसलाई मतदातासँग भावनात्मक र सांस्कृतिक सम्बन्ध जोड्ने प्रयासका रूपमा चर्चा र विश्लेषण गर्न थालिएको छ ।