जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक

  • प्रकाशित मिति : २०८२ माघ २०, मंगलवार
  • नेपाल टेल संवाददाता

लन्डन । सन् २०२६ को पहिलो महिना जनवरीमा बेलायतबाट ३ हजार ९७३ पर्यटक नेपाल गएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सोही अवधिमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै चीनबाट ९ हजार १०१, अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४, अष्ट्रेलियाबाट ४ हजार ९५७, म्यानमारबाट ३ हजार ३९६, दक्षिण कोरियाबाट ३ हजार २२६, थाइल्यान्डबाट ३ हजार २०५ र भुटानबाट ३ हजार १२ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।



गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् ।