विश्वकपको वार्मअप खेलमा नेपालसँग यूएई पराजित

  • प्रकाशित मिति : २०८२ माघ २१, बुधबार
  • नेपाल टेल संवाददाता

आईसीसी टी-२० विश्वकपको वार्मअप खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ ।

भारतको एमए चिदाबरम स्टेडियममा भएको युएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गरे । आरिफ ६१ र दीपेन्द्र ५० रनमा अविजित रहे ।



त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए । बलिङमा नेपालका सन्दीप लामीछाने र करण केसीले २(२ तथा दीपेन्द्रले एक विकेट लिए ।

नेपालले अर्को वार्मअप खेल बिहीबार क्यानडासंग खेल्नेछ ।