बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ जेष्ठ ७, बुधबार
  • nepaltale.com

धनकुटा र धरानमा गरी बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाका ५, धनकुटाका एक र धरानका जनामा संक्रमण पुष्टि भएको हो । यीसहित प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ ।

प्रदेश १ मा पहिलोपटक गत बैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण पुष्टि भएको थियो । महिना बित्दा यो प्रदेशका १४ मध्ये ७ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केचनाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी धरान र धनकुटाका एक–एक जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको मन्त्रिपरिषद कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । पछिल्लोसहित धनकुटामा संक्रमितको संख्या सात पुगेको छ । झापामा संक्रमित १७ जना पुगेका छन् । धरानमा पहिलोपटक एकजनामा संक्रमण पुष्टि भएको हो ।