हरेक महिना तलब पाउँदै आएका सरकारी कर्मचारीले अब भने १५ दिनमै तलब पाउने भएका छन् । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गरी १५ दिनमा दिने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।
हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए । तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ।
