टी ट्वान्टी विश्वकप रद्द भए आइपीएल गर्ने दाउमा बीसीसीआई

  • प्रकाशित मिति : २०७७ जेष्ठ १३, मंगलवार
  • nepaltale.com

भारतको चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग सञ्चालनका लागि अन्तिम निर्णय सरकारले गर्नुपर्न बताइएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण रोकिएको आइपीएल सुरु गर्ने नगर्ने बारे अन्तिम निर्णय बीसीसीआईले नभई सरकारले गर्नुपर्ने खेलकुद मन्त्री किरन रिजीजुले बताए । अनिश्चितकालका लागि स्थगित भएको आइपीएल आयोजनाका लागि बीसीसीआईले आन्तरिक रुपमा छलफल गरेको बताइएको छ ।

टी–ट्वान्टी विश्वकप रद्द भएको खण्डमा त्यही समयमा आइपीएल गर्ने दाउमा बीसीसीआई रहेको छ । तर, खेलकुदमन्त्री रिजीजुले भने आइपीएल सञ्चालनका लागि सबैको स्वास्थ्यमा जोखिम नहुने बारे प्रत्याभूति दिएपछि मात्र आयोजनाका लागि ग्रिन सिग्नल मिल्ने बताए ।

भारत सरकारले सबै निर्णयको जिम्मा लिएकाले आईपीएल बारे पनि अन्तिम निर्णय सरकारले नै गर्ने उनको भनाई छ ।