अबको केही घण्टामै आगामी आर्थिक वर्षको लागिबजेट पेस हुँदैछ ।
आजै बजेट पेश हुने भएपछि अर्थमन्त्री बुधबार राति १ बजेसम्म मन्त्रालयमै बसेर बजेट लेखनमा खटिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । यस्तै अन्य बजेट लेखनको कोर टीम भने रातभर नै अर्थ मन्त्रालयमा बसेका थिए ।
बिहान फेरि सातबजे अर्थमन्त्री मन्त्रालय फर्किएका थिए । त्यसपछि बजेटलाई अन्तिम रुप दिएर उनी राष्ट्रियसभाको बैठकमा सहभागी हुन गएका छन् । अर्थमन्त्रीले त्यसपछि क्याविनेट र ४ बजे संसदमा बजेट पेश गर्नेछन् ।
स्रोतका अनुसार बजेट भर्खर छापिनको लागि मुद्रण विभागमा गएको छ । बजेटको अंकको फाइनल समेत भएको छ । ती अधिकारी भन्छन्, ‘बजेटको एकिन अंक भन्न मिल्दैन, यति बुझ्नुस १५ देखि १७ खर्बको बीचमा आगामी बजेट आउँछ ।’
कोरोना महामारीका कारण थला परेको अर्थतन्त्रको पुनरुत्थानमा बजेटको जोड हुनेछ । स्वास्थ्य, कृषि, रोजगारी बजेटको प्राथमिकतामा पर्नेछ ।