१० युनिटसम्म खर्च गर्नेलाई निःशुल्क बिजुली

  • प्रकाशित मिति : २०७७ जेष्ठ १५, बिहीबार
  • nepaltale.com

१० युनिटसम्म विद्युत् खपत गर्नेलाई निशुःल्क विद्युत दिइने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमा उक्त सीमासम्म विद्युत् खपत गर्नेलाई निशुल्क विद्युत् दिने बताएका हुन् ।

मासिक १५० युनिटसम्म खपत गर्नेलाई अहिलेको शुल्कमा २५ प्रतिशत, २५० युनिटसम्म खर्च गर्नेलाई १५ प्रतिशत शुल्क छुट दिने घोषणा समेत गरेका छन् ।

त्यस्तै खानेपानी आयोजनालाई विद्युत् शुल्क मिनाह गर्ने र विद्युत महशुलमा छुट दिने घोषणा गरेका छन् । लकडाउन अवधिभर उद्योग व्यवसायको विद्युत हशुलमा डिमाण्ड चार्ज पनि लिइने छैन ।
साथै डिमाण्ड कम हुने समयमा विद्युत् खपत गर्ने उद्योगीलाई छुट दिने घोषणा समेत गरिएको छ ।