भारतको सत्ताधारी दल विजेपी निकट कार्यक्रम प्रस्तोता अर्नव गोस्वामीले पाकिस्तानमाथि गम्भीर आरोप लगाएका छन्।
अर्नवले पाकिस्तानमाथि भारतमा सलह किरा पठाएको आरोप लगाएका छन्।
अफ्रिकी मुलुकबाट पाकिस्तान हुँदै भारतसम्म अहिले सलह किराको प्रकोप देखा परिसकेको छ। उक्त किराले गहुँ, तोरी, कपास, मकै र मसला बालीमा ठुलो क्षति पुर्याएको छ।
हावाको दिशा पछ्याएर सयदेखि १ सय ३० किमिसम्म समूह बनाएर हिँड्ने यी किराको संख्या एउटा समूहमा ४ देखि ८ करोड वटासम्म हुन्छ। विज्ञहरुका अनुसार यो किराले ३५ हजार मानिसलाई खान पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्छन्।
उक्त किरा अहिले पाकिस्तान भएर भारत प्रवेश गरेको छ। भारतको पञ्जाब, हरियाणा, राजस्थान, गुजरात हुँदै उत्तर प्रदेशका विभिन्न भागमा सलह देखापरिसकेको छ।
सलहले ठूलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै र मसला बालीमा क्षति पुर्याइसकेको छ।
विवादित टेलिभिजन प्रस्तोता गोस्वामीले पाकिस्तानले भारतमा किरा पठाएको भन्दै ‘बरु सलहको बिर्यानी बनाएर खाउ’ भन्दै विवादास्पद टिप्पणी गरेका छन्।
The longer version of Arnab's expert comments on Pakistan's alleged locust conspiracy against India. If a @republic employee goes job hunting, what would they show as their journalistic achievement? pic.twitter.com/zwgoUtnfWi
— Pratik Sinha (@free_thinker) May 29, 2020
विवादास्पद व्यक्ति अर्नवले छिमेकीदेशहरुमाथि गम्भीर आरोप लगाउँदै आएका छन्। केहि दिन अघि नेपाली भूमी लिम्पयाधुरा, लिपुलेक र कालापानीबारे आपत्तिजनक टिप्पणी गरेपछि उनको चौतर्फी आलोचना भएको छ।