विदेशमा समस्यामा परेका नागरिकको उद्धार गर्ने सरकारको निर्णय

  • प्रकाशित मिति : २०७७ जेष्ठ १६, शुक्रबार
  • nepaltale.com

सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ।

शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले प्राथमिकिकरण गरेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रवार बसेको बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ। बैठकमा कुन कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत भएको थियो।

यस्तै, सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।