आज पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेकाले आज पनि वर्षाको सम्भावना रहेको हो ।
आज दिउँसो र र राती देशभर सामान्य बदली रहेर केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
महाशाखाद्वारा जारी ३ दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार पनि देशभर मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।