सुनकाे मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा भइरहकाे छ काराेबार ?

  • प्रकाशित मिति : २०७७ असार ८, सोमबार
  • nepaltale.com

सोमबार सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।

आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा रेकर्ड बनाएको सुन सोमबार तोलामा ४ सय रुपैयाँले बढेको हो ।

सोमबार तेजावी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा दश रुपैयाँले बढेर प्रतितोला नौ सय पचास रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।