काठमाडौं । एमसीसीको विरोधका साथै राष्ट्रिय स्वाधीनता रक्षाका लागि भन्दै शनिबार राजधानीमा राजावादीहरुले विरोध प्रदर्शन गरेका छन् ।
राजधानीको चाबहिल क्षेत्रमा राजधानी बासीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
चुच्चेपाटीदेखि चावहिलचोकसम्म भएको विरोध प्रदर्शनमा र त्यसपछिको कोणसभामा सहभागीले एमसीसीको कडा विरोध गरेका थिए। प्रदर्शनका क्रममा सहभागीले ‘राजा आउ देश बचाउ’को नारा लगाएका थिए ।