नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ असार २२, सोमबार
  • nepaltale.com

काठमाडौं । नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एयरलाइन्स स्रोतका अनुसार विभिन्न उद्धार उडानमा खटिएका तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै ४ क्रु मेम्बर र केही कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको एयरलाइन्स स्रोतले जनाएको छ । एयरलाइन्सले पाइलट लगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि सोल्टी होटलमा राख्दै आएको छ।