काठमाडौं। साझा पार्टीका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनाल पार्टी छोड्ने तरखरमा छन्। साझा पार्टीमा केही समयदेखि आचार्य-खनालको संयोजक रवीन्द्र मिश्रसहितको केन्द्रीय टिमसँग मतभिन्नता रहँदै आएको थियो।
मिश्रलगायत १५ सदस्यीय सचिवालयको बहुसंख्यक टिम विवेकशीललगायतका मन र विचार मिल्ने पार्टीहरूसँग एकीकरण गरेर अगाडि बढ्ने पक्षमा छन्।
सम्बन्धित समाचार