झन् घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

  • प्रकाशित मिति : २०७७ श्रावण ७, बुधबार
  • nepaltale.com

काठमाडौँ । आज बुधबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९१ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ६६ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ३४ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ३८ पैसा छ।