कांग्रेस संस्थापनइतर समूह राष्ट्रिय भेलाको तयारीमा, भेलाको मिति तोक्न चुनदेवीमा बैठक

  • प्रकाशित मिति : २०८३ असार २२, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको बैठक बोलाएको छ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा १५औँ महाधिवेशनको तयारी, संगठन विस्तार र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।



बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने अपेक्षा गरिएको छ। संस्थापनइतर समूहले सातै प्रदेशका भेला सम्पन्न गरिसकेको र अब राष्ट्रिय भेलामार्फत पार्टीको भावी कार्यदिशाबारे निर्णय लिने तयारी गरेको जनाएको छ।