नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एउटै ब्रान्डले ६ वटा फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बनेर नयाँ कीर्तिमान कायम गरेको छ।
एक्सट्रिम इनर्जी ड्रिंक्सले एनपीएल सिजन–३ मा चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज को टाइटल स्पोन्सरको जिम्मेवारी लिएको हो।
सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममा उक्त साझेदारीको औपचारिक घोषणा गर्दै सबै ६ टोलीको नयाँ जर्सीसमेत सार्वजनिक गरिएको थियो।
एनपीएलको तेस्रो संस्करणअघि एउटै ब्रान्डले एकैपटक ६ फ्रेन्चाइज टोलीलाई टाइटल स्पोन्सर गरेको यो पहिलो पटक हो। आयोजकका अनुसार यस सहकार्यले प्रतियोगिताको व्यावसायिक विस्तारसँगै नेपाली फ्रेन्चाइज क्रिकेटमा निजी क्षेत्रको लगानीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।