स्पेन र अर्जेन्टिनाबीचको फाइनल खेल अतिरिक्त समयमा

अर्जेन्टिना १० खेलाडीमा सीमित

  • प्रकाशित मिति : २०८३ श्रावण ४, सोमबार
  • नेपाल टेल संवाददाता

फिफा विश्वकप २०२६ को उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा जारी छ।

न्यु योर्कस्थित मेटलाइफ रंगशालामा जारी खेल अतिरिक्त समयतर्फ धकेलिएको छ।



निर्धारित समयसम्म खेल गोलरहित बराबरीमा सकिएपछि थप ३० मिनेट लम्बिएको हो।

अर्जेन्टिना १० खेलाडीमा समेटिएको छ। इन्जुरी समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड खाएपछि रातो कार्डसहित उनी मैदानबाट बाहिरिए।