पत्रकार किशोर श्रेष्ठमाथिको धरपकड लोकतन्त्रको उपहास हो : प्रचण्ड

  • प्रकाशित मिति : २०८३ श्रावण २८, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन् । समाचार लेखेकै आधारमा पत्रकारलाई धरपकड गर्नु लोकतन्त्रको उपहास भएको प्रचण्डको भनाइ छ ।

‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो’, प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘उहाँलाई तत्काल रिहाइको माग गर्दछु ।’



समाचारकै विषयलाई लिएर पत्रकार श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । उनलाई आज अदालतमा पेस गर्ने तयारी छ ।