भारतीय प्रधानसेनापति सेठ आज काठमाडौं आउँदै, सोमबार मानार्थ महारथीको दर्जा पाउने

  • प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार
  • नेपाल टेल संवाददाता

भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज अपराह्न काठमाडौं आउँदैछन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्।



भारत र नेपालका प्रधानसेनापतिलाई एक–अर्काको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि चल्दै आएको छ। जनरल सेठले ३० जुन २०२६ मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका हुन्।