गगन थापाले देउवालाई भने– ‘आफ्नैले डुबाए दाइ’

  • प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको पाँच महिनापछि स्वदेश फर्किएपछि पार्टीभित्र देखिएको गतिविधिबारे टिप्पणी गरेका छन्।

केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले देउवाका निकट नेताहरूले विगतमा उनलाई गलत सूचना दिएर अलमल्याएको आरोप लगाए। आफूहरूले समयमै ‘यसो नगरौँ’ भनेर सुझाव दिँदा पनि आफूहरूलाई पराई ठानिएको र वरिपरि बसेर प्रशंसा गर्नेहरूलाई विश्वास गरिएको उनको भनाइ थियो।



देउवालाई लक्षित गर्दै थापाले भने,‘जसले वरिपरि बसेर धूप बाले, ती आफ्ना लागे। आफ्नैले डुबाए दाइ।’

उनले विशेष महाधिवेशनदेखि निर्वाचनसम्म देउवाका निकट भनिएका नेताहरूले उनलाई साथ नदिएको दाबी गरे। अहिले भने तिनै नेताहरूले देउवाको आवश्यकता देखाउँदै हिँडेको भन्दै थापाले आलोचना गरे।

थापाले देउवाप्रति आफ्नो सम्मान कायमै रहेको स्पष्ट पार्दै आगामी १५औँ महाधिवेशनमा निवर्तमान सभापतिका रूपमा सम्मानपूर्वक अतिथिका रूपमा बोलाएर उनको सुझाव र मार्गदर्शन लिन चाहेको बताए।