अनिल साहको नेतृत्वमा रहेको नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान

  • प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

टप एन्ड टी– २० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने छन् ।



यही ५ भदौदेखि सुरु हुने टप एन्ड टी– २० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्नेछ । यस्तै, नेपालले यही ६ भदौमा बंगलादेश हाई पर्फर्मेन्स, ८ भदौमा होबार्ट हरिकेन्स एकेडेमी, १० भदौमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, ११ भदौमा हैदरावाद किङ्समेन एकेडेमी तथा १३ भदौमा भिक्टोरिया सिए– ११ विरुद्ध खेल्नेछ ।

क्यानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने तालिका छ ।