१४० देशका पत्रकारका संगठन तथा ६ लाख भन्दा धेरै मिडियाकर्मीको अन्तर्राष्ट्रिय संस्था अन्तराष्ट्रिय पत्रकार महासंघ (आईएफजे)ले नेपालको बाढीमा प्रतिक्रिया दिएको छ ।
आईएफजेले सामाजिक सञ्जालमा नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनलाई मेन्सन गरेर आफूहरू नेपाली पत्रकार तथा उनका परिवारको साथमा भएको उल्लेख गरेको छ ।
बुधबार आएको बाढीमा परेर धेरै पत्रकार तथा पत्रकारका परिवार हराएका छन् । तर, यकिन तथ्यांक भने अहिलेसम्म आइसकेको छैन ।