भोटेकोशी बाढी अपडेट – ७३४ मृत्यु, २४९८ सम्पर्कविहीन

  • प्रकाशित मिति : २०८३ भाद्र १४, आईतवार
  • नेपाल टेल संवाददाता

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ७ सय ३४ पुगेको छ । आइतबार बिहान ९ बजेसम्म ७३४ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

जस अनुसार रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० र चितवनमा २५९ जनाको शव फेला परेको छ । गोरखामा ५८ जना, तनहुँमा ३६ जना, नवलपरासी पूर्वमा १ सय ८२ र पश्चिममा ८२ जनाको शव भेटिएको छ । हालसम्म २ हजार ४९८ जना सम्पर्कविहिन छन् । २४२ घाइतेकाे उपचार तथा डिस्चार्ज भएकाे छ ।



सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा तिनवटै सुरक्षा निकायबाट १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।