संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ८३ टन राहत सामग्री पठाएको छ । यूएईबाट जहाजमा उक्त परिमाणको सहयोग नेपालमा आएको यूएईको इमिरेट्स न्यूज एजेन्सीले उल्लेख गरेको छ ।
एजेन्सीले नेपाललाई ‘मित्रवत मुलुक’ भन्दै सहयोग पठाएको उल्लेख गरेको छ । यूएईका राष्ट्रपति शेख महोमद बिन जायद अल नायनले नेपाललाई यसअगाडि १ करोड अमेरिकी डलर सहयोग गर्ने बताएका थिए ।
अमेरिकाले पाँच लाख डलर तथा चीनले २० लाख अमेरिकी डलर सहयोग गरेकोमा यूएईले नेपाललाई एक करोड अमेरिकी डलर सहयोग गर्ने भएको हो ।
नेपालस्थित यूएईको दूतावाससँगको सहकार्यमा सहायता सामग्री दिइएको हो ।