लन्डन । लन्डनमा शुक्रबार आयोजना हुने तीज विशेष कार्यक्रम ‘तीज फर अ कज’मा नेपालका चर्चित कलाकारहरू बद्री पंगेनी, समीक्षा अधिकारी र दुर्गेश थापाले प्रस्तुति दिने भएका छन् ।
प्रस्तुतिका लागि तीनै जना लन्डन आइसकेका छन् । गायकद्वय पंगेनी र थापा बुधबार साँझ लन्डन आइपुगेका हुन् भने अधिकारी बिहीबार आएकी हुन् ।
उनीहरूलाई आयोजक मिलानोयर इभेन्ट्सका विप्लव रिमाल र प्रकाश रानाभाटले स्वागत गरेका थिए ।
मिलानोयर इभेन्ट्सको आयोजनामा इष्ट लन्डनको म्यानर पार्क स्टेसननजिकै अवस्थित ‘द रोयल रेजेन्सी’मा तीज विशेष कार्यक्रम आयोजना हुँदैछ ।