लन्डनमा तीज विशेष कार्यक्रम, बद्री पंगेनी र दुर्गेश थापा बेलायत आइपुगे

  • प्रकाशित मिति : २०८३ भाद्र २५, बिहीबार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतमा आयोजना हुन लागेको तीज विशेष कार्यक्रममा सहभागी हुन नेपालका चर्चित गायक बद्री पंगेनी र दुर्गेश थापा बेलायत आइपुगेका छन्।

शुक्रबार ११ सेप्टेम्बर लन्डनमा आयोजना हुने ‘तीज फर अ कज’ कार्यक्रममा सहभागी हुन गायकद्वय पंगेनी र थापा बुधबार साँझ लन्डनको हिथ्रो विमानस्थल आइपुगेका हुन्। उनीहरूलाई कार्यक्रम आयोजक मिलानोयर इभेन्ट्सका विप्लव रिमाल र प्रकाश रानाभाट लगायतले विमानस्थलमा स्वागत गरेका थिए।



लन्डनको म्यानर पार्क स्टेसननजिकै रहेको प्रतिष्ठित ‘द रोयल रेजेन्सी’मा आयोजना हुने कार्यक्रममा गायिका समीक्षा अधिकारीले पनि प्रस्तुति दिने तयारी गरेकी छन्।

कार्यक्रममा सहभागी हुन बेलायतवासी नेपालीलाई गायकद्वय पंगेनी र थापाले निमन्त्रणा दिएका छन्।