एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा

  • प्रकाशित मिति : २०८३ भाद्र २८, आईतवार
  • नेपाल टेल संवाददाता

जापानमा आगामी असोजमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।



टोलीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन् ।