आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घट्यो

  • प्रकाशित मिति : २०७७ पुष ७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । छापावाला सुन आज प्रतितोला ९४ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिंजाे छापावाला सुन प्रतितोला ९५ हजार २०० रुपैया र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ ।



चाँदी प्रतितोला आज एक हजार ३१५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिंजाे चाँदी एक हजार ३२० रुपैयाँमा कारोवार भएको थियो ।