सुन र चाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

  • प्रकाशित मिति : २०७७ फाल्गुन २७, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार २०० मा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ८६ हजार ८०० रुपैयाँ पुगेको हो। यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।