काठमाडौं । रूरू जलविद्युत परियोजनाले आजबाट सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
उक्त आईपीओमा छिटोमा चैत २४ गतेसम्म र उक्त अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३ गतेसम्म म्याद थप हुनेछ ।
कम्पनीले यसअघि स्थानीय आयोजना प्रभावित गुल्मी जिल्लाको स्थानीयको लागि फागुन ७ गते देखि ४ लाख ७ हजार ७०५ कित्ता सेयर निष्काशन गरेर बाँडफाँड गरिसकेको छ।
आईपीओ निष्काशनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।