आज घट्यो सुनको मूल्य

  • प्रकाशित मिति : २०७७ चैत्र ३१, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलमा एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ मा कारोबार भइरहेको छ ।



हिजो छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेको छ ।