प्रि-ओपन सेसन : १४ दशमलव ९१ अंकले बढ्यो नेप्से

  • प्रकाशित मिति : २०७८ बैशाख ९, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । साताको कारोबारको अन्तिम दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक १४ दशमलव ९१ अंकले बढेको छ ।

आज प्रि-ओपन समयमा नेप्से परिसूचक २ हजार ६४७.११ विन्दुमा कारोबार भइरहेको छ । ९ हजार ३१२ कित्ताको किनबेचमा ९१ लाख ३६ हजार ८४ रूपैयाँ बराबरको कारोबार भएको छ ।



यो अवधिमा ३५ कम्पनीको सेयर खरिदबिक्री भएको छ । जसमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको घटेको छ । हिजो नेप्से परिसूचक घटेको थियो ।