माछापुच्छ्रे बैंकको सम्पूर्ण सेवा २ दिन बन्द !

  • प्रकाशित मिति : २०७८ बैशाख १२, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । माछापुच्छ्रे बैंकको सम्पूर्ण सेवा २ दिन बन्द हुने भएको छ । बैंकले सूचना प्रकाशित गरी बैशाख १६ गते आइतबार बेलुका ६ बजेदेखि १९ गते बिहान ६ बजेसम्म सबै सेवा बन्द रहने जनाएको हो ।

बैंकको कोर बैंकिङ सिष्टम(सीबीएस) प्रतिस्थान गर्न लागिएकाले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम, रेमिट्यान्स लगायतका सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने सूचनामा उल्लेख छ ।