सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

  • प्रकाशित मिति : २०७८ असार १५, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाली बजारमा आज असार १५ गते सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत सोमबारको तुलनामा एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा झरेको हो ।

गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।



त्यस्तै यता तेजाबी सुनको मूल्य समेत आज प्रतितोला एक सय रुपैयाँले नै घट्दै ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहँदै आज मंगलबार पनि एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।