काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ३ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैंयाले बढेर प्रतितोला ९३ हजार २ सय पुगेको छ।
यता, आज तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैंयामा कारोबार भईरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १३ सय २० रुपैंया पुगेको महासंघले जनाएको छ।