काठमाडौं। साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैंयाले बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाला सुन तोलाको ९१ हजार ८ सय रुपैंयामा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।
त्यसैगरी, बिहीबार प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार भएको चाँदी आज तोलामा १० रुपैँया बढेर प्रतितोला १२ सय ८० पुगेको भइरहेको महासंघले जनाएको छ ।