काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने एलपी ग्यासमा दुई सय रुपैयाँ वृद्धि गर्दै १८०० पुर्याइएको छ ।
यससँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पर्नेछ।