काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ।
निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो।
बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ। यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।
खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ।
निगमले इन्धन तथा ग्याँस व्यापारमा अझै घाटा भएको पनि जानकारी दिएको छ। निगमका अनुसार मासिक रुपमा अझै ४ अर्ब ७० करोड घाटा छ।
यसको अर्थ इन्धनको मूल्य अझै बढ्नसक्ने आशंका गरिएको छ।