तोलामा ८०० ले बढ्यो सुनको मूल्य

  • प्रकाशित मिति : २०७९ श्रावण १२, बिहीबार
  • नेपाल टेल संवाददाता

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले वृद्धि भइ ९४ हजार ८०० कायम भएको छ ।



तेजावी सुनको मुल्य ९४ हजार ३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजावी सुनको मुल्य तोलाको ९३ हजार ५०० थियो ।

सुनको मूल्य वृद्धि हुँदा चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।