कति छ आज विदेशी मुद्राको विनिमयदर ?

  • प्रकाशित मिति : २०८० पुष २३, सोमबार
  • nepaltale.com

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

सोमबार अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ भने युरोपियन युरो ४० पैसाले बढेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ । भने सोमबार युरो एकको खरिदमा १४५ रूपैयाँ २६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९१ पैसा तोकिएको छ । आइतबार युरो एकको खरिद मूल्य १४४ रूपैयाँ ८६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५१ पैसा तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८९ रूपैयाँ १३ पैसा र बिक्रीदर ८९ रूपैयाँ ५३ पैसा र क्यानेडियन डलरको १ खरिददर भने ९९ रूपैयाँ ३३ पैसा र बिक्रीमा ९९ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ ९८ पैसा कायम हुँदा बिक्री दर भने ९ रूपैयाँ २२ पैसा रहेको छ भने चाइनिज युआन १ खरिददर १८ रूपैयाँ ५९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ९ पैसा तथा बिक्रीदर १० रूपैयाँ १४ पैसा कायम गरेको जनाइएको छ ।

कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल १ खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ५२ पैसा र बिक्रीदर २८ रूपैयाँ ६५ पैसा कायम गरेको छ ।

साथै कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ७१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।