राष्ट्र बैंकले सुन आयात कोटा बढाएर दैनिक २५ किलो पुर्‍यायो

  • प्रकाशित मिति : २०८२ आश्विन २४, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा बढाएर २५ किलोग्राम पुर्‍याएको छ ।

सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गरेको हो ।



पहिले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था थियो । संशोधित परिपत्रमा भनिएको छ, “आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ (पच्चिस) किलोग्राम कायम गरिएको छ।”