सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • प्रकाशित मिति : २०८२ कार्तिक १९, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।



यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २५ रुपैयाँले घटेर तोलामा दुई हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तीन हजार १५ रुपैयाँ कारोबार भएको थियो ।