सुनचाँदीको मूल्य बढ्यो

  • प्रकाशित मिति : २०८२ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।



चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला तीन हजार १० रुपैयाँमा कारोबार भएको थियो ।